नियम १९
उत्तरपुस्तिकामा सङ्केत राख्ने
(१) आयोगबाट लिइने लिखित परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिकामा पहिलो तथा दोस्रो सङ्केत राख्नु पर्नेछ ।
(२) आयोगले अन्यथा व्यवस्था गरे बाहेक सामान्यतया उत्तरपुस्तिकामा पहिलो सङ्केत राख्ने वा राख्न लगाउने जिम्मेवारी आयोगको केन्द्रीय कार्यालयको हकमा सम्बन्धित महाशाखा प्रमुख र आयोगको क्षेत्रीय तथा अञ्चल कार्यालयको हकमा आयोगको केन्द्रीय कार्यालयको
प्रतिनिधिको रोहवरमा सम्बन्धित कार्यालय प्रमुखको हुनेछ ।
तर आयोगको क्षेत्रीय तथा अञ्चल कार्यालयमा सड्ढेत राख्न मिल्ने पर्याप्त जनशक्ति नभएको वा सड्ढेत राख्न आवश्यक पर्ने स्रोत साधन उपलब्ध नभएको कारणले केन्द्रीय  कार्यालयबाट सड्ढेत राख्न उपयुक्त छ भनी लेखी आएमा त्यस्तो उत्तरपुस्तिकामा केन्द्रीय कार्यालयको सम्बन्धित महाशाखा प्रमुखले पहिलो सड्ढेत राख्न वा राख्न लगाउन सक्नेछ ।
(३) उत्तरपुस्तिकामा पहिलो सङ्केत राखेपछि दोस्रो सङ्केत आयोगको सचिवले तोकेको अधिकृत कर्मचारीले राख्नेछ ।
(४) उत्तरपुस्तिकामा राखिएको पहिलो सङ्केतको अर्धकट्टीको सिलबन्दी पोका आयोगको सचिव वा निजले तोकेको कर्मचारीको र दोस्रो सङ्केतको अर्धकट्टीको सिलबन्दी पोका अध्यक्ष वा निजले तोकेको आयोगको कर्मचारीको जिम्मामा रहनेछ ।
(५) लिखित परीक्षाको नतिजा प्रकाशन गर्न सम्बन्धित शाखाबाट लिखित अनुरोध भएपछि अर्धकट्टीको सिलबन्दी पोका सम्बन्धित शाखामा उपलब्ध गराउनु पर्नेछ ।